sevenstartv.com १० माघ २०८२, शनिवार

युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने

१२ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने भएको छ ।

रुससँगको लडाइँ अन्त्य गर्ने प्रयासबारे छलफल गर्न छिट्टै दुई नेताबीच भेट हुन लागेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । बीबीसीका अनुसार उनीहरुबीच भोलि आइतबार बैठक हुने र अमेरिकाको मध्यस्थतामा २० बुँदे शान्ति योजना, साथै अमेरिकी सुरक्षा ग्यारेन्टीका लागि छुट्टै प्रस्तावमा छलफल केन्द्रित हुने अपेक्षा छ । 

अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्रस्ताव अध्ययनका लागि रुस पठाइएको छ । जेलेन्स्कीले प्रस्तावमा समावेश भएका एकाध विषयमा युक्रेन र अमेरिकाबीच अझै पनि असहमति रहेको बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्