sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्यूकासललाई हरायो

१२ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले न्यूकासललाई १–० गोलले हराएको छ ।

गएराति ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका प्याट्रिक डोरगुले खेलको २४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जीतसँगै म्यानचेस्टर युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

उसको १८ खेलमा २९ अंक छ । न्युकासल समान खेलमा २३ अंकका साथ ११औं स्थानमा छ । प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । 

शीर्ष स्थानको आर्सनलले ब्राइटनसँग, दोस्रो स्थानको म्यानचेस्टर सिटीले नटिङघम फरेस्टसँग, तेस्रो स्थानको एस्टनभिल्लाले चौथो स्थानको चेल्सीसँग खेल्नेछ । त्यस्तै वेस्टह्याम र फुलहम, ब्रेन्टफोर्ड र बर्नमाउथ, लिभरपुल र उल्भ्स तथा बर्नली र एभर्टनबीच खेल हुनेछ 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्