sevenstartv.com १० माघ २०८२, शनिवार

बालानन्द शर्मा मन्त्री बन्दै

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरेकी छन् । सरकार बनेको करिब चार महिनामा परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री बनाउने तयारी भइरहेको छ ।  शपथका लागि कार्यालय तयार छ । तर, अहिलेसम्म नियुक्त गरिएको आधिकारिक पत्र भने प्राप्त भइसकेको छैन । 

उनलाई रक्षा र परराष्ट्रको जिम्मेवारी दिनेगरी कुरा भइरहेको छ । अहिलेसम्म यी दुवै मन्त्रालय प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी छिन् । शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकू समायोजन गर्ने विशेष समितिको सचिवालय संयोजकका रुपमा काम गरेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्