सञ्चारमन्त्री खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
निर्वाचनबारे छलफल गर्ने कार्यक्रम
काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
देउवालाई भेट्न खरेल महाराजगञ्जस्थित उनकै निवास पुगेका हुन् । खरेलले शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल शुरु गरेको हो ।
