sevenstartv.com १० माघ २०८२, शनिवार

रुसले गर्दा विश्वव्यापी सुरक्षा जोखिम बढेको जेलेन्स्कीको आरोप

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेको प्रति गम्भीर चेतावनी दिएका छन् । 

उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानुनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेन यस्ता गतिविधिको निरन्तर निगरानी गरिरहने र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने बताएका छन । 

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भएको बताएका छन् । उनले यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरा सिर्जना गर्ने भन्दै त्यसविरुद्ध सहयोगीहरूसँग विकल्प तयार गर्न निर्देशन दिइसकिएको जानकारी दिएका छन । 

उनले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गरेका छन् । विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबीच सहयोग बढिरहेको उल्लेख गर्दै उनले चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबीच सम्बन्ध देखिएको दाबी गरेका हुन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्