sevenstartv.com १० माघ २०८२, शनिवार

पुनस्र्थापनाको पक्षमा ओलीको अडान यथावत, शान्तिपूर्ण वातावरणमा चुनाव भए बहुमत ल्याउने दाबी

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू प्रतिनिधिसभाको पुनस्र्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । 

नेकपा (एमाले) को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू चुनाव विरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बिच निर्वाचनको वातावरण नहुने बताएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरू चुनावको विरोधमा नरहे पनि प्रतिगमन विरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उनले प्रतिनिधिसभाको पुनस्र्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिए ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्