sevenstartv.com १० माघ २०८२, शनिवार

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी, नौ जनाको मृत्यु

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार चित्रदुर्ग जिल्लामा बिहीबार बिहान स्लीपर बस र विपरीत दिशाबाट आउँदै गरेको इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएपछि आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो। दुर्घटनामा थप यात्रुको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

ट्याङ्कर सडक डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो। त्यही बेला बसमा ठोक्किर आगलागी भएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दे घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्