sevenstartv.com ९ माघ २०८२, शुक्रवार

नाइजेरियाको विजयी सुरुवात

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ। तान्जिानियालाई २(१ गोल अन्तरले हराउँदै नाइजेरियाले विजयी सुरुवात गरेको हो।

खेलको ३६ औं मिनेटमा सेमी अजायीले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको नाइजेरियाविरुद्ध दोस्रो हाफमा तान्जानियाले बराबरी गरेको हो। खेलको ५० औं मिनेटमा एम मोम्बाले गोल गरेका हुन् । 

नाइजेरियाले बराबरी गोल फर्काएको दुई मिनेट अर्थात् खेलको ५२ औं मिनेटमा गोल गर्यो। नाइजेरियाका लागि निर्णयक गोल एडेमोला लुकम्यानले गरेका हुन्।  अर्को खेलमा शनिबार नाइजजेरियाले ट्युनिसिया र तान्जिनियाले युगान्डको सामना गर्नेछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्