sevenstartv.com ६ असार २०८३, शनिवार

सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको मन्त्री घिसिङकाे भनाई

९ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । उर्जा, भौतिक, सहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताएका छन् । 

एक सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताएका हुन् । मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पारेका छन् । 

आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैगरेको समेत उनले बताए ।  मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताएका छन् ।