उपमहासचिवमा योगेशले रघुवीरलाई उछिने
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्टले शीर्ष स्थान कायमै राखेका छन् । अहिलेसम्म ११३९ मत गणना हुँदा ७३४ मतसहित भट्ट पहिलो स्थानमा छन् ।
योगेश भट्टराईले ७०९ मतसहित दोस्रो स्थानमा छन् । शीर्ष तीनमा परेका भट्टराई ईश्वर पोखरेल प्यानलका हुन् । तेस्रो स्थानमा रहेका रघुवीरको ६८९ मत छन् । यस्तै अध्यक्ष केपी ओलीका विश्वासपात्र रहेका विष्णु रिमाल ५४० ल्याएर चौथो स्थानमा छन् ।
पाँचौ स्थानमा आनन्दप्रसाद पोखरेल ३३४, छैटौं स्थानमा रहेका वैजनाथ चौधरीले २७१ मत ल्याएका छन् । उम्मेदवारी निष्क्रिय पारेका राजेन्द्र गौतमले पनि १४० मत ल्याएका छन् ।
