sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले उनलाई जेल सजाय सुनाएको हो ।

उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् ।

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान ९टिएलपी० पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि एक करोड पाकिस्तानी रुपैयाँ ९करिब ३६ हजार अमेरिकी डलर० इनाम दिने घोषणा गरिएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्