sevenstartv.com २ पुष २०८२, बुधवार

रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिनुभएको हो । मन्त्री परिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई परेको छ ।

 २१ गते नै विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ । यसपछि जनमत असन्तुष्ट बनेको हो । यसैलाई लक्षित गर्दै विगमा जनमतबाट सो मात्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको उल्लेख गरेका छन् । 

उनले जनमत पार्टीको उदेश्य बमोजिम सरकार सुनिश्चित नभए पार्टी सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिए । हालसम्म सातदलीय गठबन्धनमा जसपा र जनातबाहेक एकएक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्