sevenstartv.com १ पुष २०८२, मङ्गलवार

युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रुस-युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत दिँदै अमेरिकाले शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ ।

बर्लिनमा भएको पछिल्ला वार्ताहरूपछि अमेरिकी अधिकारीहरूले करिब चार वर्षदेखि चलिरहेको युद्ध समाप्त गर्न आधार तयार भइरहेको बताएका छन् । वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका दूतहरूबीच धेरै महत्वपूर्ण मुद्दाहरूमा छलफल भएको थियो । 

अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू र युक्रेनी नेतृत्वबीच सुरक्षा ग्यारेन्टी र क्षेत्रीय मुद्दाहरूमा मतभेदहरू धेरै हदसम्म कम भएका छन् । अमेरिकाले युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टी अनिश्चित समयसम्म खुला प्रस्ताव नरहने स्पष्ट पारेको छ । 

राष्ट्रपति ट्रम्पले पनि अब शान्ति सम्झौताको पहिलेभन्दा धेरैनजिक पुगिएको र युरोपेली देशहरूको पनि पूर्ण समर्थन मिलिरहेको बताएका छन् । युरोपेली नेताहरू र अमेरिकाले मिलेर युक्रेनलाई मजबुत सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएका छन् । शान्ति वार्तामा सबैभन्दा ठूलो अवरोध युक्रेनको जमीन र नेटो सदस्यतालाई लिएर रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्