sevenstartv.com २९ मंसिर २०८२, सोमवार

इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

२९ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इन्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा गएको भीषण बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार २१८ जना मानिसहरू अझै बेपत्ता छन् ।

यी विपद्हरूले पूर्वाधारमा पनि व्यापक क्षति पुर्‍याएको छ। बीएनपीबीको तथ्यांकमा करिब १ हजार २ सय सार्वजनिक सुविधाहरू क्षतिग्रस्त भएका छन्। यसमा २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन र १४५ पुलहरू समावेश छन् ।

बीएनपीबीको डाटा तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले उप(जिल्ला स्तरमा डाटा प्रमाणीकरण र नागरिक अभिलेखसँग क्रस(रेफरेन्सिङको काम जारी रहेको बताएका छन् । उनले पीडितहरूलाई नाम र ठेगानाअनुसार प्रमाणित गरिरहेको र केही जिल्लामा यो प्रक्रिया अझै जारी रहेको जानकारी दिएका छन् ।

यसैबीच, इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तोले आचे प्रान्तका विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायका विभिन्न आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको बताएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्