चुनाव नहुने अफवाह फैलाउनु न्यायोचित नभएको गृहमन्त्रीको भनाई
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनँले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् ।
शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जनमा प्रदेश सरकारको पनि भूमिका उत्तिकै हुने उनको तर्क थियो । गृहमन्त्री अर्यालले सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपछिका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको गोष्ठीमा जानकारी दिए ।
सरकार निर्माण भएको तीन महिनाको बीचमा गृह मन्त्रालयको पहिलो काम स्थितिलाई सामान्यीकरण गरी सुरक्षाको प्रत्याूभति गर्नुरहेको भन्दै मन्त्री अर्यालले क्षत–विक्षत सार्वजनिक कार्यालय र संरचनाहरूको कार्यालयको पुनस्र्थापना गरी सेवा सुचारू गर्दाको चुनौती स्मरण गरे ।
उनले जेनजी आन्दोलनलाई अपनत्व ग्रहण गरी सरकारले दस्तावेजीकरणका साथ जेनजी माग र सहिदका सपनालाई टुंगोमा पुर्याउने गरी प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्झौता भएर राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको जिकिर गरेका छन् ।

.gif)