sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आईएसको आक्रमणमा सिरियामा २ अमेरिकी सैनिकसहित ३ जनाको ज्यान गयो

आक्रमणको कडा प्रतिकार गर्ने ट्रम्पको चेतावनी

२९ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सिरियाको पल्माइरा शहरमा भएको इस्लामिक स्टेट (आईएस)का बन्दुकधारीको आक्रमणमा ३ जनाको ज्यान गएको छ । जसमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा थप ३ जना सैनिक घाइते भएका छन् । अमेरिकी र सिरियाली टोली गस्तीको क्रममा रहेका बेला यो आक्रमण भएको खबरमा उल्लेख छ । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । 

सिरिया सरकारले घटनाको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । अमेरिकाले सन् २०१५ देखि आईएसविरुद्धको अभियान अन्तर्गत सिरियामा सैनिक उपस्थिति कायम राख्दै आएको छ । राष्ट्रसंघका अनुसार अहिले पनि सिरिया र इराकमा आईएसका ५ हजारदेखि ७ हजार लडाकु सक्रिय छन् । 

घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्