sevenstartv.com ३ असार २०८३, बुधवार

अमेरिकामा मौसमी फ्लूबाट यसवर्ष झन्डै ३० लाख मानिस प्रभावित

मौसमी इन्फ्लूएन्जा देशका धेरैजसो भागमा बढ्दो क्रममा

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा यस वर्षको मौसमी फ्लूबाट झन्डै ३० लाख मानिस प्रभावित भएका छन् । 

पछिल्लो तथ्याङ्कका अनुसार यस वर्ष अहिलेसम्म अमेरिकामा २९ लाखभन्दा धेरै मानिसहरू फ्लूबाट बिरामी परेका पाइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आफ्नो साप्ताहिक फ्लू तथ्याङ्कको पछिल्लो चरण सार्वजनिक गरेअनुसार २९ लाख मानिसहरू भाइरसबाट बिरामी परेको, तीस हजार जना अस्पताल भर्ना भएका तथा एक हजार दुई सय जनाको ज्यान गएको उल्लेख छ । 

केन्द्रका अनुसार मौसमी इन्फ्लूएन्जा देशका धेरैजसो भागमा बढ्दो क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सिजनमा इन्फ्लूएन्जा ए (एच ३–एन २) प्रमुख भाइरसको रूपमा फैलिरहेको हो । फ्लूविरुद्धको खोपको १२ करोड ७० लाखभन्दा बढी डोज वितरण गरिएको छ । सीडीसीले ६ महिना र त्योभन्दा माथिका सबैलाई वार्षिक फ्लू खोप लगाउनु पर्ने बताएको छ । 

त्यसैगरी, केन्द्रका अनुसार, फ्लू उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्