ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना विजयी
काठमाडौं । ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ ।
ओसासुनाविरुद्ध बार्सिलोनाले २–० को जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले आग्रता लिएको थियो ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धामा बर्सिलोनाका लागि राफिन्हाको गोल नै निर्णायक बन्यो । खेलको ७० र ८६ औं मिनेटमा गोल गर्दै राफिन्हाले बार्सिलोनाको २–० को जित निश्चित गरेका हुन् ।

.gif)