sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्