sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने बताइएको हो । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रद्धा महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्