sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

एसीसी यू–१९ एसिया कप आजदेखि सुरु

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  एसीसी पुरुष यू–१९ एसिया कप आज संयुक्त अरब इमिरेट्स यूएईमा हुँदै छ । भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । 

नेपालले पहिलो खेल श्रीलङ्कासँग भोलि खेल्ने छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ। नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ। 

प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्