sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

बंगलादेशमा आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशको निर्वाचन आयोगले फेब्रुअरी १२ मा राष्ट्रिय चुनाव हुने घोषणा गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन तालिका घोषणा गरेको बीबीसीले जनाएको छ ।  यसपटक मतदानको समय एक घण्टाले बढाइएको छ किनभने जनमत संग्रह सोही दिन भइरहेको छ । 

पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउने विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलोपटक चुनाव हुन लागेको हो । चुनावको लागि मनोनयन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ र मनोनयन पत्रहरूको छानबिन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहने आयोगले बताएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्