आयोगले आज समानुपातिकतर्फका दललाई चुनाव चिह्न दिने
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्दैछ । आयोगले शुक्रबार नै दललाई चुनाव चिह्नसमेत प्रदान गर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने अवधि रहेकोमा कुनै दलबाट नाम फिर्ता लिने निवेदन आएको छैन ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ । परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दुई साताको समय दिनेछ । सो बमोजिम दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ गते पेश गर्नुपर्नेछ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गते शुरु हुनेछ ।

.gif)