sevenstartv.com २१ वैशाख २०८३, सोमवार

जनतालाई ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानबिन गर्न सरकारसँग माग

२१ साउन २०८१, सोमवार स्टार संवाददाता


काठमाडौं । प्रतिनिधिसभाका सांसद् डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने बताएका हुन् । 

सांसद् सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताए । शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद् सिंहले बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्