sevenstartv.com २२ मंसिर २०८२, सोमवार

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

२२ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु भएको छ । एक हजार सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ । खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ ।

गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ ।  यसलाई ‘घातक रोग’ को रूपमा वर्णन गर्दै मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्