sevenstartv.com २१ मंसिर २०८२, आइतवार

क्यानडामा ७ म्याग्निच्युडकाे भूकम्प

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो ।मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् ।

शनिबारको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडाको भूमिमा गएको सबैभन्दा ठूलो भूकम्प हो । यसअघि क्यानडामा ७ वा सोभन्दा ठूला म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्