sevenstartv.com २१ मंसिर २०८२, आइतवार

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।  गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ । आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन् । शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो । आगो भुइँ तल्लाको भान्सा क्षेत्रमाबाट सुरु भएको र भान्सा वरपरबाट शव संकलन गरेको बताइएको छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्