sevenstartv.com २४ मंसिर २०८२, बुधवार

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

१६ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन समारोहमा उनले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

मन्त्री अर्यालले हाल देशभर चार हजार ५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको र कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारीसमेत गराएका छन् । यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्