sevenstartv.com २१ मंसिर २०८२, आइतवार

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु

१६ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्‍याएका छन् ।

श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ । यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन् ।

श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन् । यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्‍याएको छ । क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन् । श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियामा ‘सेन्यार’ आँधीका कारण आएको बाढी र पहिरोले मच्चाएको विनाशले मृत्युको सङ्ख्या लगातार बढिरहेको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी ९बीएनपीबी० ले दिएको जानकारीअनुसार, जासुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट मर्नेको सङ्ख्या बढेर ४४२ पुगेको छ।

उत्तर सुमात्रामा सबैभन्दा बढी २१७ जनाको मृत्यु भएको छ र २०९ जना अझै बेपत्ता छन् । आचेह प्रान्तमा ९६ जनाको मृत्यु र ७५ जना बेपत्ता भएका छन्। पश्चिम सुमात्रामा १२९ जनाको मृत्यु र ११८ जना बेपत्ता भएका छन् । विपद् निवारण तथा न्यूनीकरण विभागका अनुसार, दक्षिणी क्षेत्रमा आएको ठूलो बाढीले ३५।४ लाख मानिसहरूलाई असर गरेको छ। हाट याई शहरमा सबैभन्दा बढी क्षति पुगेको छ ।

यस हप्ताको सुरुमा भारी वर्षा भएपछि सरकारले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न र उद्धार कार्य सहज बनाउन सोङ्गखला प्रान्तमा आपतकाल घोषणा गरेको थियो । दक्षिणी थाइल्यान्डमा पनि आँधीबेहरीका कारण आएको भयानक बाढीबाट मर्नेको सङ्ख्या १७० नाघेको छ। यद्यपि अहिले पानीको सतह घट्न थालेको छ र उद्धार कार्य जारी छ । सोङ्गखला प्रान्तमा मात्रै सबैभन्दा धेरै ११० जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्