sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एमालेको सचिवालय बैठक बस्दै, बारा घटना र मंसिर ६ गतेको प्रदर्शनका विषयमा छलफल हुने

४ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आजको लागि डाकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्स्ने गरी सचिवालयको बैठक आव्हान गरेका हुन् ।  

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमाबुधबार बाराको कार्यक्रममा भएको अवरोध, मंसिर ६ गते पार्टीले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ ।  

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्