sevenstartv.com ६ मंसिर २०८२, शनिवार

बिहार विधानसभाको मत गणना आज

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ । दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि हुन लागेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुत्मत आउने संकेत दिएको छ । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेको छ। त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ। यसले ३(५ सिट जित्ने अनुमान गरिएको छ । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए। यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्