sevenstartv.com ६ मंसिर २०८२, शनिवार

पोर्चुगलमा प्रस्तावित श्रम कानूनको विरोधमा आन्दोलन शुरु

कामदारहरूको अधिकारलाई खतरामा पार्ने तर्क, प्रदर्शनकारीद्धारा ज्याला बढाउनपर्ने माग

२३ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । केन्द्र–दक्षिणपन्थी सरकारले ल्याएको नयाँ श्रम सुधार नीतिहरूको विरोधमा मानिसहरू सडकमा उत्रिएका हुन् । 

सङ्गठनले यी प्रस्तावित सुधारहरू तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेको छ । यी नीतिहरूले कामदारहरूको अधिकारलाई कमजोर बनाउने र उनीहरूको जागिरलाई असुरक्षित बनाउने सङ्गठनको दाबी थियो । सरकारको प्रस्तावित कानुनले बर्खास्त प्रक्रियालाई सरल बनाउन खोजेको छ । 

स्तनपान गराउने महिलाहरूको लागि ल्याइएको लचिलो कार्य घण्टा घटाउने र गर्भपतन भएका महिला कामदारलाई शोक बिदा घटाउने जस्ता प्रावधानहरूमाथि पनि जनताको आक्रोश उत्पन्न भएको छ ।

यतिबेला पोर्चुगलमा न्यूनतम ज्याला प्रतिमहिना ८७० युरो छ । प्रदर्शनकारीहरूले २०२६ सम्ममा यसलाई बढाएर १ हजार ५० युरो पुर्याउन माग गरेका छन् । सरकारले यी प्रस्तावहरू फिर्ता लिएन भने डिसेम्बर ११ मा राष्ट्रव्यापी आम हडताल गरिने विरोध प्रदर्शन आयोजकहरूले चेतावनी दिएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्