समुद्री आँधीका कारण फिलिपिन्समा ६६ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा समुद्री आँधी कलमेगीका कारण ६६ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरू घरबारविहीन भएको बताइएको छ । कलमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सम्पूर्ण सहरहरूलाई डुबानमा पारेको छ । यहाँ ४९ जनाको मृत्यु भएको छ । अन्य २६ जना बेपत्ता रहेका छन् ।
मानिसहरू छतमा आश्रय लिइरहेको भिडियोहरूले देखाएका छन् । कार र ढुवानी कन्टेनरहरू सडकमा बगिरहेको अवस्थामा देखिएका छन् । राहत सामाग्री बाँड्न गएको सेनाको हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएपछि चालक दलका ६ जना सदस्यहरूको पनि मृत्यु भएको छ ।
मंगलबार राहतका लागि पठाइएको सेनाको चार विमान मध्ये दुर्घटना परेको थियो । मंगलबार बिहानै पहिरो गराएपछि आँधी कमजोर बनेको तर यो अझै ८० माइल प्रतिघण्टा १३० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा अघि बढिरहेको बताइएको छ । आँधी बुधबारसम्म भिसायास टापु क्षेत्र पार गर्दै दक्षिण चीन सागरमाथि सर्ने अनुमान गरिएको छ ।

.gif)