sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको भूकम्प

१७ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको हो ।

भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि यसको धक्का महसुस गरिएको बताइएको छ ।अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

गत दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्