sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

भारत विश्वकपको फाइनलमा

१४ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव  ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो । भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन् ।

उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन् । अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्