गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले स्वास्थ्य प्रणाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ ।
हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन् । गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको छ ।
गाजामा स्वास्थ्य संस्थाहरु थोरै बाँकी रहेको बताउँदै उनले मेनिन्जाइटिस, गुइलेन–बार्रे सिन्ड्रोम, र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत सङ्क्रामक रोगहरूको अनियन्त्रित फैलावटको चेतावनी दिएका छन् । डब्ल्यूएचओको तथ्याङ्क अनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्रहरू मात्र सञ्चालनमा छन भने कर्मचारी अभावको कारण आंशिक रूपमा मात्र सेवा दिइरहेका छन् ।
सन् २०२३ अक्टोबर–७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्कअनुसार स्वास्थ्य सुविधाहरूमा ८०० भन्दा बढी आक्रमणहरू रिपोर्ट गरिएको छ । बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाहरूप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपहरूसमेत गुमाएको बताएका छन् । चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाइ बालबालिका रहेको खुलासा गरेको थियो ।
गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बर भन्दा बढी भएको छ, तैपनि हालको सेवाहरूमा निकै कमी आएको एजेन्सीले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तीमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ ।
