sevenstartv.com २१ मंसिर २०८२, आइतवार

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।

बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो। यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो ।

गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्