गाजामा इजरायलको आक्रमण, सात प्यालेष्टिनीको मृत्यु
काठमाडौं । गाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार सात प्यालेष्टिनीको मृत्यु भएको छ ।
प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँदा सात जनाको मृत्यु भएको बताएका हुन् । उनीहरूले आक्रमणमा कैयौँ घाइते भएको सिन्ह्वालाई बताएका छन् ।
इजरायली सेनाले भने आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । गाजापट्टीका प्यालेष्टिनीले गम्भीर मानवीय संकटको सामना गरिरहेको सञ्चारमाध्यमले जनाएका छन्।
