sevenstartv.com २१ मंसिर २०८२, आइतवार

अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ

२५ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । चीनले ले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनले १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।

यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुने छ । यो हाल चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन् । ट्रम्पको घोषणा चीनले विश्वव्यापी रूपमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने योजनाको घोषणापछि आएको हो ।

अमेरिकी राष्ट्रपतिले घोषणामा चीनले विश्व समुदायलाई पत्र पठाउँदै १ नोभेम्बर देखि लगभग सबै उत्पादनहरूमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने घोषणा गरेको बताएका छन् । पछिल्लो घटनाक्रमले अमेरिका र चीनबीच चलिरहेको व्यापारिक तनावलाई झन् बढाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्