sevenstartv.com २१ मंसिर २०८२, आइतवार

ट्रम्पले औषधिमाथि लगाए सय प्रतिशत ट्यारिफ

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अक्टोबर १ देखि अमेरिकामा आयातित सामान औषधिदेखि भारी ट्रकहरूसम्म सबै महँगो हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि, किचन क्याबिनेट, बाथरूम भ्यानिटी, अपहोल्स्टर्ड फर्निचर र भारी ट्रकहरूमा ट्यारिफ लाग्ने बिहीबार सोसल टुथमार्फत एक पोस्टमा भनेका छन् ।

उनले औषधिहरूमा १०० प्रतिशत आयात शुल्क लगाएका छन् । सबै ब्रान्डका वा प्याटेन्डेड औषधिमाथि अक्टोबर १ देखि ट्यारिफ लाग्ने बताइएको छ । अमेरिकामा नयाँ उत्पादन केन्द्र बनाइरहेका कम्पनीहरूलाई भने छूट दिइने उनले बताएका छन् । निर्माण सुरु भइसकेका कम्पनीका औषधिमा कुनै ट्यारिफ लाग्ने छैन । यसबाहेक पनि ट्रम्पले किचन क्याबिनेट र बाथरूम भ्यानिटीहरूमा ५० प्रतिशत, फर्निचरमा ३० प्रतिशत र भारी ट्रकहरूमा २५ प्रतिशत लगाइने बताएका छन् । 

यी ट्यारिफहरूले सरकारको बजेट घाटा घटाउने र घरेलु उत्पादन बढाउने तर्क छ । तर विज्ञहरूचाहिँ यसले मुद्रास्फीतिलाई अझ बढाउन सक्ने र आर्थिक वृद्धिलाई असर गर्न सक्ने भनिरहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्