sevenstartv.com १५ माघ २०८२, बिहिवार

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन् ।

शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिए। मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरे । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् । 

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो। अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् । मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन्। उनले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिए ।

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गरे। उनका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन् । यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्