१० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने मन्त्री अधिकारीकाे भनाई
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको मल साता दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताएका हुन् ।
अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए ।

.gif)