मार्च अफ अस्ट्रेलिया नामक प्रदर्शन सुरू
काठमाडाैं । अष्ट्रेलियामा आप्रवासन नीतिको विरोध गर्दै मार्च फर अस्ट्रेलिया नामक प्रदर्शन विभिन्न शहरमा सुरू भएको छ ।
मेलबर्न, सिड्नी, ब्रिजबेन र एडिलेडमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा बोकेर र नारा लगाउँदै सडकमा मार्च गरेका छन्। सहभागिता जनाउन नसक्ने केही व्यक्तिहरूले घरमै राष्ट्रिय झण्डा फहराएका छन् ।
मेलबर्नको सिबिडिक्षेत्रमा भने आप्रवासन विरोधी प्रदर्शनकारी र प्यालेस्टाइन समर्थकबीच झडप भएको छ । घटनापछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायम गरिएको छ । अन्य शहरमा भएका प्रदर्शन भने तुलनात्मक रूपमा शान्तिपूर्ण छन्, जसमा आप्रवासन कटौतीको मागसहितका नारा र प्लेकार्ड देखिएका छन् ।
