काठमाडौं । इजरायली आक्रमणमा यमनको हुथी विद्रोही समूहका प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको छ ।
हुथी समूहले गाजा युद्ध सुरु भएयता यो आफूहरुको सबैभन्दा ठूलो क्षति भएको जनाएको हो । हुथी समूहका अनुसार यो क्रममा कुनै वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो। हुथी समूहको यो दाबीको कुनै स्वतन्त्र पुष्टि नभएको बीबीसीले उल्लेख गरेको छ ।
समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोही समूहको समाचार एजेन्सीलाई उद्धृत गर्दै यो समूहका सुप्रिम पोलिटिकल काउन्सिल प्रमुख महदी अल-मशातले घोषणा गरेको छ । शुक्रबार राजधानी सनामा भएको आक्रमण उनको मृत्यु भएको हो। आक्रमणमा ठूलो हताहति भएको भनिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।
समाचार एजेन्सी एएफपीका अनुसार हुथी प्रधानमन्त्री अल–रहावी बुधबार भएको एक सार्वजनिक कार्यक्रममा अन्तिम पटक देखिएका थिए। सन् २०२५ को पहिलो ६ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको छ ।
राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन् ।
