sevenstartv.com १५ माघ २०८२, बिहिवार

गाजा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा प्रर्दशन

८ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गाजा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा प्रर्दशन गरेका छन् ।  धेरै सहरहरूमा आयोजित यस प्रदर्शनमा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी भएका छन् । 

गाजा सहर कब्जा गर्ने इजरायली सेनाको योजनाले बाँकी बन्धकहरूको जीवनलाई खतरामा पार्न सक्छ भन्ने प्रदर्शनकारीहरूको भनाइ छ । इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले पनि बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनको लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ जसले युद्ध अन्त्य गर्न हमाससँग हुने कुनै पनि सम्झौताको विरोध गरिरहेका छन्  । यसैबिच, गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता’ बताउँदै तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्