दक्षिण कोरियाली सैनिकले गोलाबारी गरेको उत्तर कोरियाको आरोप
काठमाडौं । उत्तर कोरियाले आफ्ना सैनिकहरूमाथि दक्षिण कोरियाली सेनाले गोली प्रहार गरेको भन्दै आपत्ति जनाएको छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएद्वारा शनिबार प्रकाशित समाचारअनुसार, कोरियन पिपुल्स आर्मीका उप–प्रमुख को जोङ छोलले दक्षिण कोरियाले गरेको कदमलाई ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भन्दै तत्काल रोक्न चेतावनी दिएका छन् ।
घटना मंगलबार भएको र त्यसबेला उत्तर कोरियाली सैनिकहरू सीमामा स्थायी तवरले मजबुत बनाउने काममा संलग्न रहेको केसीएनएले जनाएको छ । यसैबिच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकहरूले अस्थायी रूपमा सीमा रेखा पार गरेपछि चेतावनीका गोली चलाएको दाबी गरेको छ ।
