sevenstartv.com ६ मंसिर २०८२, शनिवार

६० हजार टन युरिया मल कलकत्ता बन्दरगाहमा रोकियो : कृषिमन्त्री अधिकारी

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले हाल लोड भइसकेका तीन वटा जहाज भारतको कलकत्ता बन्दरगाहमा होल्ड अवस्थामा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले ६० हजार टन युरिया मल नेपाल भित्रिन नसकेको बताएका हुन् । 

उनले पोर्टमा देखिएको जाम हटाउन पहल भइरहेको छ भने कलकत्तास्थित बन्दरगाहबाट सहजीकरणका लागि समेत अनुरोध गरिएको बताए ।  उनले किसानले माग गरेअनुसार आवश्यक मात्रामा मल पुर्‍याउन नसकिएको तथ्य स्वीकार गर्दै ढिलासुस्तीका कारण समस्या बढेको बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्