sevenstartv.com ११ असार २०८३, बिहिवार

एमालेले छेके पनि रोकिनन्  विद्या,  पति मदनकुमार भण्डारीले चुनावी कार्यालय राखेकै घरलाई बनाइन् सम्पर्क स्थान

२२ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । आफ्नो मातृ पार्टी एमालेले रोक्न रोजे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियतालाई निरन्तरता दिन हुने भएको छ । 

राष्ट्रपति पदावधि सकिएसँगै दुई वर्षअघि देखिनै पार्टीमा सक्रिय हुन थाल्नु भएकी भण्डारीले एमालेको नेतृत्व लिन खोजेपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा संगठित सदस्यता खारेज गरिएको हो । सदस्यता खारेज गरिए पनि पूर्वराष्ट्रपति भण्डारीले एमाले नेतृत्वलाई चुनौती दिँदै राजनीतिक सक्रियता बढाउनु भएको छ । 

राजनीतिमा व्यवस्थित रुपले सशक्त हुन भण्डारीले आफ्नो सम्पर्क कार्यालय नै स्थापना गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवीले पति एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालमा चुनावी प्रचारप्रसार कार्यालय राखेको बानेश्वर थापागाउँको घरलाई सम्पर्क स्थान बनाउनु भएको हो । 

विद्यादेवीको राजनीतिलाई सहज बनाउन त्यो घर मदन भण्डारी फाउन्डेशनको नाममा भाडामा लिइएको छ । त्यही कार्यालयबाट नेता–कार्यकर्तासँग संवादसहितका राजनीतिक गतिविधि अघि बढाउने पूर्वराष्ट्रपति विद्यादेवीको योजना रहेको छ ।