sevenstartv.com ११ असार २०८३, बिहिवार

प्रधानमन्त्री ओली र विश्व संघका कार्यकारी निर्देशकबीच भेटवार्ता

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लगानी प्रवद्र्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गर्नुभएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उहाहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो ।प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सेरदारलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गर्नु भएको छ । 

भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउन लगायत विषयमा छलफल भएको बताइएको छ  ।