sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी खारेज

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । ​हसिनासहित पूर्वमन्त्री र पूर्वसांसद्को राहदानी रद्दको प्रक्रिया अघि बढाउने सरकारले विज्ञप्तिमा बताएको छ ।  

‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसदका सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए’, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ भने उनीहरू र उनीहरूको पति पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ।’

हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् । हसिना सरकारबाट बाहिरिनुअघि को विरोधमा भएको प्रदर्शनमा ४५० भन्दा बढीको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्